२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

अटिजम भएका विद्यार्थीका लागि समावेशी शिक्षा कार्यशाला

shivam cement
२०८२ पुष १५ गते २१:१०
Shares
अटिजम भएका विद्यार्थीका लागि समावेशी शिक्षा कार्यशाला

ललितपुर : काठमाडौं विश्वविद्यालयको शिक्षा संकायले अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाका लागि समावेशी शिक्षा कार्यशाला सम्पन्न गरेको छ । 

समावेशी विद्यालय वातावरण निर्माण तथा उनीहरूलाई मुख्यधाराको शिक्षामा समेट्ने उद्देश्यसहित ‘अटिजम भएका विद्यार्थीका लागि समावेशी विद्यालयी वातावरण निर्माण र मुख्यधारामा समेट्ने’ शीर्षकको कार्यशाला सम्पन्न गरेको हो । 

ललितपुरस्थित माछापुच्छ्रे आईबी वल्र्ड विद्यालयमा भएको कार्यक्रम समावेशी र विशेष आवश्यकता शिक्षाको स्नातकोत्तर कार्यक्रममा अध्ययनरत विद्यार्थी नीरू यादव, रमीना श्रेष्ठ, शीतल प्रधान, विजयता तामाङ, पूनम गुरुङ, दीपेन्द्र जोशी, सत्य रोका, सुधा पौडेल तथा सुलोचना सापकोटा पाठकको सक्रिय आयोजनामा सम्पन्न भएको हो । 

कार्यक्रमले अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाको शिक्षणमा विद्यमान नीति र कक्षाकोठामा हुने व्यवहारबीचको महत्वपूर्ण ज्ञान अन्तर कम गर्ने प्रयास गरेको थियो । 

कार्यक्रमको मुख्य उद्देश्य प्रत्येक बालबालिकाको सार्थक सहभागिता सुनिश्चित गर्नुका साथै, विशेषगरी अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाहरूले सामना गर्नुपर्ने प्रणालीगत बाधाहरू हटाउने विषयलाई प्राथमिकतामा राख्नु रहेको थियो । यसका लागि संरचित, सहयोगी तथा समावेशी शैक्षिक वातावरणको स्थापना र विकासमा जोड दिइएको थियो ।  

कार्यक्रमले सबै बालबालिकाहरूका विविध सीप, आवश्यकता र चुनौतीहरूलाई ध्यानमा राखी संरचित, सहयोगी र समावेशी शैक्षिक वातावरण डिजाइन तथा कार्यान्वयन गर्न आवश्यक परिचालनात्मक ज्ञानलाई व्यवस्थित रूपमा विकास गर्नुका साथै अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाहरूलाई मुख्यधाराको शिक्षामा सहज पहुँच र एकीकरण गराउनेमा विशेष ध्यान केन्द्रित गर्दै सबै बालबालिकाहरूका लागि सार्थक सहभागिता र शैक्षिक समानता अधिकतम बनाउने लक्ष्य राखेको छ ।  

कार्यक्रममा काठमाडौं र ललितपुर जिल्लाका दस विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  साथै स्थानीय सरकारी अधिकारीहरू तथा विभिन्न गैर–सरकारी संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सञ्चार सम्बन्धी कठिनाइ, संवेदी आवश्यकताहरू तथा सामाजिक स्टिग्मा जस्ता अटिजम भएका बालबालिकाले भोग्नुपर्ने चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो । 

समावेशी शिक्षाका क्षेत्रमा अनुभवी विशेषज्ञहरू रमेश बराल र प्रज्ञा श्रेष्ठ प्रधानले समावेशी शिक्षाको अधिकार तथा अटिजमबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यसहित महत्वपूर्ण सत्रहरू सञ्चालन गरेका थिए । 

त्यस्तै, प्रमिला न्यौपानेले विद्यालयभित्र समावेशितालाई प्रवर्धन गर्न सकिने कम लागतका व्यावहारिक तथा प्रभावकारी रणनीतिहरूमाथि केन्द्रित प्रायोगिक सत्र सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर