२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

shivam cement
२०८२ पुष १६ गते १३:०२
Shares
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ललितपुरः जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । 

गोदावरी नगरपालिका–१४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीतासमेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर