
सप्तरी : सप्तरीको बलान बिहुल सञ्जालले महिला सशक्तीकरण तथा दाइजो प्रथासम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ब्रान्ड मिसन ‘मिस स नेसनल’की समाजसुधारक अनिता यादव प्रमुख अतिथिका रूपमा सहभागी थिइन् भने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव विशिष्ट अतिथि रहेका थिए ।
त्यसैगरी कार्यक्रममा पूर्वगाउँपालिका अध्यक्ष दयानन्द गोइत, वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादव, इन्दल यादव, मुकेश पासमान, कार्यपालिका सदस्य सञ्जीव शर्मा, राधिका यादवसहित स्थानीय जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले दाइजो प्रथा लिने–दिने कार्य कानुनी अपराध भएको उल्लेख गर्दै महिलाले आफूलाई कहिल्यै कमजोर ठान्न नहुने बताइन् । दाइजो प्रथाका कारण समाजमा आत्महत्या, विष सेवन र फाँसी जस्ता गम्भीर घटना हुने गरेको उल्लेख गर्दै उनले यसविरुद्ध सबैले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमको सहजीकरण बलान बिहुल सञ्जालका सल्लाहकार दर्गानन्द यादवले गरेका थिए ।