२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दिउँसै टर्च बालेर सरकार खोज्दै सुदूरपश्चिमका सांसद

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १६:२६
दिउँसै टर्च बालेर सरकार खोज्दै सुदूरपश्चिमका सांसद

धनगढी : सुदूरपश्चिमका सांसदले दिउसै दिउँसै बालेर सरकार खोजेका छन् । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको सांकेतिक बिरोध गरेका हुन् । 

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् ।

अल्पमतमा परेपछि चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका मुख्यमन्त्री सोडारीले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत ल्याउन खोजेपनि त्यसमा उनी सफल हुन सकेनन् । 

सरकारले वैकल्पिक बजेट समेत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यतामा गएको छ । 

प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको हो । सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित हुँदा सांसदहरूले सांकेतिक बिरोध शुरु गरेका हुन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise