२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

अतिविपन्न एक सय विद्यार्थीलाई न्यानो कपडा

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ पुष १८ गते २१:२०
Shares
अतिविपन्न एक सय विद्यार्थीलाई न्यानो कपडा

बर्दिया : गुलरिया नगरपालिका–६ निवासी समाजसेवी देवेन्द्र प्रसाद पाण्डे (मंगल) ले आफ्नो जन्मदिनको अवसरमा अतिविपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

पाण्डेले पुस १६ गते परेको आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन् । चिसोका कारण विद्यालय आउन कठिनाइ भोगिरहेका अतिविपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग गरिएको पाण्डेले बताए ।

उनले करिब १ लाख रुपैयाँ मूल्य बराबरका सय जोर न्यानो कपडा वितरण गरेका छन्। गुलरिया नगरपालिका–६ स्थित बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरिएको हो । 

जन्मदिन मनाउने खर्च कटौती गरी सामाजिक सेवामा लगानी गरेको भन्दै स्थानीय अभिभावक र विद्यालय प्रशासनले पाण्डेको कार्यको प्रशंसा गरेका छन् । 

सम्बन्धित खबर