२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

वन हेरालु हत्या प्रकरण : महतोको टाउको घटनास्थल नजिकैको झाडीमा फेला

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २० गते १४:१४
Shares
वन हेरालु हत्या प्रकरण : महतोको टाउको घटनास्थल नजिकैको झाडीमा फेला

रौतहट : सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत वन हेरालु महतोको टाउको घटनास्थल नजिकैको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार टाउको नभएको शव शनिबार फेला परेको थियो भने आइतबार घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको हो । “घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ,” डिएसपी राईले भने ।

४७ वर्षीय महतो राईटरखोरका स्थानीय बासिन्दा हुन् । उनको शव घरदेखि करिब ५०० मिटर टाढा जंगलभित्र टाउकोविहीन अवस्थामा फेला परेको थियो । स्थानीयका अनुसार शनिबार बिहान जंगलमा रुख काट्ने आवाज सुनेपछि महतो त्यसतर्फ गएका थिए तर दिउँसोसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए ।

प्रहरीले घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी टाउको अलग पारिएको जनाएको छ । अनुसन्धानका लागि धनुषाबाट तालिमप्राप्त ट्र्याकर कुकुर झिकाइएको छ । घटनामा संलग्नताको आशंकामा एकजना संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिको लुगामा रगतका दाग भेटिएको र उनले नशालु पदार्थ सेवन गरेको पाइएको डिएसपी राईले बताए । “अनुसन्धानमा असर नपर्ने गरी नाम गोप्य राखेका छौं, तर हामी हत्यारानजिक पुगिसकेका छौं,” उनले थपे ।

सम्बन्धित खबर