२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

पिकनिकबाट फर्किँदै गरेको बस शंखरापुरमा दुर्घटना

shivam cement
२०८२ पुष २३ गते १९:२४
Shares
पिकनिकबाट फर्किँदै गरेको बस शंखरापुरमा दुर्घटना

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा बस दुर्घटना भएको छ ।

जर्सिङ पौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको प्रहरीले जनाएको छ । बसमा ३५ देखि ४० जना सवार रहेकोमा दुर्घटनामा कम्तीमा २२ जना घाइते भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर