२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कामदारको शीघ्र उद्धार तथा राहतमा ध्यान दिन मन्त्री भण्डारीको निर्देशन

ADV
२०८१ साउन १५ गते ०६:२५
कामदारको शीघ्र उद्धार तथा राहतमा ध्यान दिन मन्त्री भण्डारीको निर्देशन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको शीघ्र उद्धार तथा राहतमा ध्यान दिन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलको निरीक्षणका लागि सोमबार ताहाचल पुगेका श्रममन्त्रीले भण्डारीले कर्मचारीलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन् ।

त्यस अवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्रममा विदेशमा करारअनुसारको सेवा सुविधा र तलव नपाएर समस्यामा परेको, ठगीमा परेको तथा समयमै गुनासो सुनुवाइ नभएको भन्दै समस्यामा परेकाहरुलाई उद्धार गर्ने विषय विभागको सधैं प्राथमिकतामा रहनुपर्ने बताए ।

मन्त्री भण्डारीले विभागले पीडितलाई राहत दिने काम गरिरहेको भएपनि समाधान गर्नुपर्ने समस्या धेरै रहेकोे बताएका थिए । आफ्नो मोबाइल गुनासाहरुले भरिएको भन्दै उनले मन्त्रालयअन्तर्गत श्रम सहायता केन्द्र ‘कल सेन्टर’मा स्वदेश तथा विदेशमा रहेका श्रमिकले उत्तिकै मात्रामा समस्या राखिरहेको बताए । 

विदेशमा रहेका नेपालीले समस्या समाधानको अपेक्षासहित आफूले झेल्नुपरेको समस्या टिपाउने भएकाले विभाग र मातहत निकायहरुबाट त्यसको समाधान गर्न तत्परता देखाउनुपर्नेमा उनले जोड दिए । मन्त्रीले भण्डारीले समस्याहरुको छानबिन गरी सम्बन्धित निकायमा पठाएर सकेसम्म छिटो समाधान दिन जरुरी रहेकोे पनि बताए । त्यसैगरी मन्त्री भण्डारीले विभाग र कार्यालयअन्तर्गत हुने काम समयमै सम्पन्न गर्न आग्रह गरे ।

विभागले प्रयोग गरेकोे वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा समस्या आएको भन्दै श्रम स्वीकृतिको काम ढिलो हुने गरेकोे छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेलमिलापको माध्यमबाट उजुरी फरफारक गरेर पीडितलाई राहत दिने काम उच्च प्राथमिकतामा रहेको, उजुरी परेपछि संस्थाका सञ्चालकहरुलाई विभागमा झिकाएर छलफल गराइ पीडितको रकम असुल उपर गराइदिने काममा विभाग सचेत रहेकोे जानकारी गराएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise