
काठमाडौं : बलिउड अभिनेता संजय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार साँझ राजधानीमा आयोजित बादशाह क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक पक्षले स्वागत गरेको थियो । उनलाई आयोजक टिमले शिरमा नेपाली ढाँका टोपी र गलामा रुद्राक्षीको माला लगाइदिएको थियो ।
करिब चार दशक लामो फिल्म करियरमा सञ्जय दत्तले थुप्रै सफल र चर्चित चलचित्रमा अभिनय गरेका छन् । उनका प्रमुख हिट फिल्महरूमा साजन, खलनायक, वास्तव, सडक, आतिश, मुन्नाभाइ एम.बी.बी.एस., लगे रहो मुन्नाभाइ, अग्निपथ, शूटआउट एट लोखंडवाला, केजीएफः च्याप्टर २ र कलंक रहेका छन् ।
दत्त शुक्रबार नै भारत फर्किने कार्यक्रम रहेको बताइएको छ ।