२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

श्रम सचिवमा निरौला

ADV
२०८१ साउन १५ गते ०६:३०
श्रम सचिवमा निरौला

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला आएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रम सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव निरौललाई ल्याएको हो । 

सचिवमा बढुवा हुनुअघि निरौला उत्यन्तै संवेदनशील र महत्वपूर्ण मानिने गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख थिए । निरौला २०७८ फागुन ५ गते सचिवमा बढुवा भएका हुन् । सरुवा भएका उपाध्याय गत चैत दोस्रो हप्ता बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीबाट श्रम मन्त्रालयमा आएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise