२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

छिमेकीकै योजनामा रायको हत्या 

ADV
मध्यान्ह
२०८१ साउन १५ गते ०६:४०
छिमेकीकै योजनामा रायको हत्या 

काठमाडौं : पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या छिमेकीकै योजनामा भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । रायकै कामदार रामउजैन रायले छिमेकी वीरेन्द्र राय यादवको योजना अनुसार हत्या गरेको प्रहरी अनुसन्धानमा खुलको छ । प्रहरीका अनुसार छिमेकी वीरेन्द्र रायको योजनामा दुई लाख रुपैयाँ लिएर रामचन्द्रकै कामदार रामउजैनले हत्या गरेको खुलेको हो ।

सर्लाहीको चन्द्रपुर नगरपालिका १ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । २५ वर्षीय रामउजैनले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

रामउजैनलाई प्रहरीले घटनाको बिहानपल्टै पक्राउ गरेको थियो । उनको वयानको आधारमा ४६ वर्षीय वीरेन्द्रलाई समेत पक्राउ गरी उनी दुबै जनालाई सर्लाही प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पूर्व राज्यमन्त्री रायको हत्या जग्गा सम्बन्धी मतभिन्नता र आर्थिक प्रलोभनका कारण भएको देखिन्छ । 

प्रहरीका अनुसार हत्या गर्न वीरेन्द्रले रामउजैनलाई व्यवसायको लागि एउटा फर्म बनाई दिन्छु भन्ने आश्वासन र हत्या गर्न सुपारी बापत नगद दुई लाख रुपैया दिएका थिए । उक्त लोभमा परेर पूर्व राज्यमन्त्री रायको हत्या गरेको रामउजैनले स्वीकारेका छन् । 

पूर्व राज्यमन्त्री राय मारिएपछि जग्गा आफूले उपभोग गर्न पाउने वीरेन्द्रको चाहना थियो । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर आफू एक्लैले घटना घटाएको साविति बयान रामउजैनले दिएको प्रहरीले जनाएको छ ।

पूर्व राज्यमन्त्री राय हत्याको अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको टोली समेत खटेको थियो । उक्त टोलीले छिमेकीकै योजनामा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या निष्कर्ष निकालेको हो ।

यही साउन ६ गते राति सर्लाहीको चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या भएको थियो । 

उनको हत्या आरोपमा प्रहरीले उनकै घरमा काम गर्ने २५ वर्षीय रामउजैन राय र छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादवलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानल दवै हत्यामा संलग्न रहेको निष्कर्ष निकालेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise