२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पूर्वराज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन १५ गते ११:५०
पूर्वराज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

सर्लाहीः सर्लाहीबाट पूर्व भूमिसुधार राज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर गाउँपालिका–१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका–३ घर भई चन्द्रपुर गाउँपालिका–१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । 

रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस)को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise