२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

करैयामाइमा तीन दिन माघी महोत्सव मनाइने

shivam cement
कृष्ण तिवारी
२०८२ पुष २८ गते २१:२५
Shares
करैयामाइमा तीन दिन माघी महोत्सव मनाइने

बारा : बाराको थारू समुदायले पुस ३० गतेदेखि माघ २ गतेसम्म करैयामाइमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएका छन् ।

सोमबार करैयामाइमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीनदिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका बारा अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।

उनले महोत्सव मूल समारोहको उद्घाटन थारू कल्याण कारिणीसभाका केन्द्रीय उपाध्यक्ष हरिनारायण चौधरीले गर्ने जानकारी दिए ।

महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागि गराइ मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।

उनका अनुसार झाँकी र्‍याली प्रदर्शन, मूल समुद्घाटन  समारोह, विविध थारु सांस्कृकित प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए ।

महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) समेत रहनेछन् ।

थारु समुदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । 

सम्बन्धित खबर