२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

shivam cement
ललित बोहरा
२०८२ पुष २८ गते २१:३१
Shares
बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप आइतबार करिब १० बजे पाटन नगरपालिका–८ को विजयपुर झैलेक भिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–१ का २५ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट, २९ वर्षीय बसन्ती ऐर र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौरका १३ वर्षीय राकेश रावल रहेका छन् ।

बसन्तीको डडेल्धुरा अस्पतालमा उपरार्थ मृत्यु भएको हो भने अन्य तीन जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दिपक कुमार रायले बताए । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा सिगास गाउँपालिका–१ की १९ वर्षीया बिमला ऐर, सोही ठाउँकी ४ वर्षीया प्रिन्सा ऐर, चालकसमेत रहेका २८ वर्षीय गणेश बिष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला बिष्ट, सिगास गाउँपालिका– १ की २५ वर्षीया लालमती बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ का ३२ वर्षीय शिक्षक बिरेन्द्र बोहरा रहेका छन् ।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो । 

सम्बन्धित खबर