२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग सोधपुछ गर्ने

ADV
मध्यान्ह
२०८१ साउन १५ गते ११:५८
सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग सोधपुछ गर्ने

काठमाडौँ : सहकारी छानबिन संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने भएको छ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको बारेमा छानबिन गरिरहेको संसदीय समितिले लामिछानेसँग सोधपुछ गर्ने भएको हो । 

लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । 

लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise