२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अनलाइनमार्फत ५६ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १२:३०
अनलाइनमार्फत ५६ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः अनलाइनमार्फत ५६ लाख बढी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस–३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका–३ बाट पक्राउ गरेको हो ।     

प्रहरी प्रधान कार्यालयका अनुसार अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोनसहितको लगेज, विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise