२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते ११:३३
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह नियुक्त भएका छन् ।

६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन आजै सिफारिस गरेको थियो ।

सरकारमा सहभागी हुने ६ दलहरूमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ तथा नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक/एक मन्त्रालय भागबन्डामा परेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise