२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

करिब ७ सय ६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ

Nada
२०८१ साउन १५ गते १३:४६
Shares
करिब ७ सय ६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ

नवलपरासी पूर्वः करिब ७ सय ६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ परेका छन् । देवचुली नगरपालिका–२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्रामसहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका–२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बिच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर