२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १४:२३
समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ ।’ उनले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए ।त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise