२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

भरूवा बन्दुकसहित १ जना पक्राउ

shivam cement
२०८२ माघ २ गते १४:१६
Shares
भरूवा बन्दुकसहित १ जना पक्राउ

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट भरूवा बन्दुक १ थानसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही नगरपालिका–७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका–१ घर भएका ३२ वर्षीय सुजन तामाङ रहेका छन् । उनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी हिगुवापाटीबाट खटिएको बा.प्र ०३-००७ प ९२९७  नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर