२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

लागुऔषध खैरो हेरोइनसहित चौलागाईँ पक्राउ

shivam cement
२०८२ माघ २ गते १५:३४
Shares
लागुऔषध खैरो हेरोइनसहित चौलागाईँ पक्राउ

काठमाडौंः प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुबास चौलागाईँ रहेकाे केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘टोखा नगरपालिका–७ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईँँलाई पक्राउ गरिएको हो ।’ प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए । 

सम्बन्धित खबर