२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कांग्रेस नेता निधिले भने- 'पार्टीभित्र समस्या छ, हल गर्नका लागि लागिरहेका छाैं'

ADV
कुलेन्द्र शाही
२०८१ जेठ २५ गते ११:४०
कांग्रेस नेता निधिले भने- 'पार्टीभित्र समस्या छ, हल गर्नका लागि लागिरहेका छाैं'

सुर्खेत : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै २०८४ काे चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतकाे सरकार बनाउने गरी लागेको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता निधिले पार्टीभित्र वितृष्णा पैदा भएकाे बताए ।

पार्टीभित्रकाे असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभरनै छलफल र भेटघाटकाे काम अघि बढाइएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'पार्टीभित्रका समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएकाे हुँ ।'

उनले पार्टीभित्र गुटबन्दीकाे व्यवस्थापन विचारकाे आधारमा समाधान गर्नुपर्ने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुका कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेकाे बताए ‌।

यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गएपनि त्याे टिक्न नसकेकाे उनले बताए । पहिलो चरणमा पुष्पकमल दाहाल 'प्रचण्ड', त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भएपनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेकाे उनकाे भनाइ छ । निधिले कर्णालीकाे दैलेख, कालीकोट, जुम्ला र मुगु जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise