२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ ३ गते २१:३२
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

रौतहट : रौतहटको गौर–समनपुर सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नं. ४, कछुवापुलमा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । 

भारतीय नम्बर प्लेटको मोटरसाइकल (बि.आर ३० एइ ५१३८) अनियन्त्रित भइ पुलबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतको बिहार राज्य, शिउहर जिल्लाका २८ वर्षीय मिन्टु पासवान र ३० वर्षीय रमेश पासवान घाइते भएका थिए । 

घाइते दुवैलाई तत्काल उद्धार गरी गंगापिपरास्थित बागमती सेन्ट्रल अस्पताल पठाइएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई प्रादेशिक अस्पताल गौरमा रिफर गरिएको थियो । 

गौर अस्पतालमा उपचारका क्रममा मिन्टु पासवानको मृत्यु भएको छ भने रमेश पासवानको अवस्था अझै गम्भीर छ र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक कैलाश के.सी. को नेतृत्वमा ट्राफिकसहितको विशेष टोली घटनास्थलको वस्तुस्थिति बुझ्न गएको थियो । 

दुर्घटनाग्रस्त मोटरसाइकलको दाहिने तर्फको लेगगार्ड कुचिएको अवस्थामा भेटिएको छ । 

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति वा मादक पदार्थ सेवनका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

सम्बन्धित खबर