२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

पत्रकार तथा सामाजिक अभियन्ता न्यौपाने सम्मानित

shivam cement
२०८२ माघ ३ गते २२:०६
Shares
पत्रकार तथा सामाजिक अभियन्ता न्यौपाने सम्मानित

काठमाडौं : पत्रकार तथा सामाजिक अभियन्ता सुशान्त न्यौपाने सम्मानित भएका छन् । नुवाकोटको सुर्यगढी गाउँपालिकाले प्रशासकीय भवन समुदघाटनको अवसरमा शुक्रबार नयाँ भवनमा आयोजित कार्यक्रममा पत्रकार तथा सामाजिक अभियन्ता न्यौपानेलाई सम्मान गरेको हो ।

पालिकाको भवन उद्घाटन गर्न शुक्रबार नुवाकोट आएका पूर्वअर्थमन्त्री प्रकाशशरण महत, बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत, पूर्वसंघीय सांसद् विमला सुवेदी, पूर्वप्रदेश सांसद बद्री मैनालीले भवनको संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

गाउँपालिकाले सुर्यगढीको सामुदायिक विद्यालयको शिक्षा क्षेत्र र नागरिकको सेवाको लागि गरेको योगदानको उच्च कदर गरी पत्रकार तथा सामाजिक अभियन्ता न्यौपानेलाई सो अवसरमा सम्मान पत्र प्रदान गरेको थियो । न्यौपानेले सुर्यगढी गाउँपालिका भित्र पर्ने तत्कालिन समयको हल्देकालिका वडा नं. ८ र ९ अहिलेको सुर्यगढी ४ मा सरकारी राहत नपाउने विपन्न नागरिकहरुका लागि राहत वितरण कार्य समेत गरेका थिए ।

पछिल्लो समय सामुदायिक विद्यालयमा गत वर्ष २ विद्यालयमा पोसाक (ट्र्याकसुट सेट) र टोपी, स्टेशनरी वितरण गरेका थिए भने यस वर्ष सुर्यगढी १ र २ का १० विद्यालयका ७०० भन्दा बढी विद्यार्थीलाई एकैपटक विद्यालय पोसाक ट्रयाक सुट सेट, टिसर्ट, टोपी, स्वेटर, झोला र स्टेशनरी सामग्री वितरण गरेका थिए । सो कार्य सुर्यगढी गाउँपालिकाको सबैभन्दा बढी विकट रहेको लच्याङका विद्यालयहरूमा गरिएको थियो ।  

भवन उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङको शब्द रहेको “पानी ड्वाँचेको” नामक काँठे लोकगीतको विमोचन गर्नुका साथै दोहोरी प्रस्तुत गरिएको थियो । त्यस्तै विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो । 

गाउँपालिकाले पालिकाको लागि योगदान गर्ने विभिन्न व्यक्ति, खेलाडी र उत्कृष्ट रिजल्ट दिने विद्यालय र विषयगत शिक्षकलाई समेत सम्मान गरेको थियो ।

सम्बन्धित खबर