२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु      

shivam cement
बिन्द्र राई
२०८२ माघ ४ गते २२:०२
Shares
उदयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु      

उदयपुर : उदयपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आइतबार मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बाग्मती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए  ।

उनलेअत्याधिकमात्रामा दुर्घटना हुने उक्त स्थानमा फेरि अर्को दुर्घटना भएको जनाए । सो ठाउँलाई ट्राफिक प्रहरीले ब्ल्याक स्पट नामाकरण गरी सतर्करुपमा सवारी चलाउन सूचित गर्ने गरेको छ ।

प्रहरीको अनुसार ट्रक अनुमानित ५० मिटर तल झरेको थियो । गम्भीर घाइते चालक तथा सहचालकको जिल्ला अस्पताल उदयपुर उपचारका लागि ल्याउने क्रममा  मृत्यु भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर