२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी थापा निर्विरोध

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १८:२२
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी थापा निर्विरोध

काठमाडौंः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छिन् । 

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरेका हुन् । यसअघि पनि समितिको सभापति कांग्रेको भागमा परेकोमा सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुन पुगेको थियो । समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise