काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।
शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए ।
पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति बैठकपछि देशभर जनतामाझ जाने प्रतिबद्धता जनाएको उनले बताए । अध्यक्ष प्रचण्डले देशभर जनताको सुख–दुःख बुझ्न जाने इच्छा राखेको उनले बताए ।