२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रुकुमपूर्वमा ५ थान भरुवा बन्दुक बरामद

shivam cement
२०८२ माघ १३ गते २१:४४
Shares
रुकुमपूर्वमा ५ थान भरुवा बन्दुक बरामद

रुकुमपूर्व : जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको अपराध अनुसन्धान टोलीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ । सूचना प्राप्त भएपछि मंगलबार खटिएको प्रहरी टोलीले भूमे–८, सिपाखोलामा जंगलभित्र रहेको ओडारमा लुकाइराखिएको अवैध भरुवा बन्दुक फेला पारेको सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए ।

उनका अनुसार, बरामद गरिएका ५ थान बन्दुकमध्ये ४ थान साबुत र १ थान बेसाबुत रहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

सम्बन्धित खबर