२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत : राप्रपा

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते १३:२०
गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि आपत्ति जनाएका छन् । गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको भन्दै उनले आपत्ति जनाएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धन दलका दलीय भागबन्डाका आधारमा दलका शुभेच्छुक र कार्यकर्तालाई राजदूत नियुक्त गर्ने, प्रधानमन्त्री स्वयंले गठबन्धन फेर्ने, गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको छ, वैदेशिक मामिलामा यस्तो लाजमर्दो कुरा भइरहेको छ हाम्रो नेपालमा ।’

दलको सदस्य र सदस्यता रहेका राजदूतहरूले पनि सरकार फेरिनासाथ कुनैपनि समय फिर्ता बोलाइन्छ भन्ने थाहा पाएपछि बेलैमा छाड्नु उपयुक्त हुने तर्क गरे । उनले थपेका छन्,-‘सर्वत्र राजनीतिकरणको दुष्चक्रबाट हाम्रो देशले कहिले मुक्ति पाउने होला ? विदेशमा देशको प्रतिनिधित्व गर्नेहरूको यसरी हुर्मत लिइनु गलत छ ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise