२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १४:४८
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।

उनले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीकाे आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका छन् ।

एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री साेडारी अल्पमतमा परेका छन् । अल्पमतमा परिसक्दा पनि उनले राजीनामा नदिएर ३० दिनसम्म सरकारको आयु लम्ब्याएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise