
काठमाडौंः चोरी मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने इलाम चुलाचुली गाउँपालिका–५ घर भएका ५० वर्षीय भिम बहादुर विश्वकर्मा रसाईलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ मंसिर २ गतेको फैसलाले उक्त मुद्दामा १ लाख रूपैयाँ जरिवाना, २ हजार ४ सय रूपैयाँ क्षतिपुर्ति र ६ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।