२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल कमर्स क्याम्पसका प्राध्यापक बिष्टको हत्या आरोपी १७ वर्षपछि पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १५:३६
नेपाल कमर्स क्याम्पसका प्राध्यापक बिष्टको हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौँ : नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न आरोपी रञ्जन खड्का पक्राउ परेका छन् । प्राध्यापक विष्टको हत्या आरोपमा फरार रहेका खड्का १७ वर्षपछि पक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्या आरोप लागेका खड्कालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । २०६४ सालमा खड्काको समूहले प्राध्यापक विष्टको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्राध्यापक विष्टले कलेजमै अध्ययनरत विद्यार्थी सोभिता थापा नाम गरेकी एक युवतीलाई जिस्काएको आरोपमा उनको हत्या भएको प्रहरीले बताएको छ । थापाले आफू विवाहित भएको जानकारी गराउदा पनि प्राध्यापक विष्टले एकोहोरो जिस्काउने गरेपछि उनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको थियो । 

आफूलाई प्राध्यापक विष्टले जिस्काउने गरेको कुरा थापाले आफ्ना भाइ बिनोद थापालाई भनेकी थिइन् । आफ्नो दिदिलाई जिस्काएको र दुख दिएको कुरा सुनेपछि थापाले आफ्ना साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई बोलाएर हत्याको योजना बनाएका थिए । 

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । शरीरभरी चोट लागेको अवस्थामा प्राध्यापक विष्टको शव ललितपुर महानगरपालिका-२२ शंखमुलमा भेटिएको थियो ।

हत्यापछि फरार रहेका बिनोद थापा ३ पुस २०७१ मा लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि प्राध्यापक विष्टको हत्यामा समेत संलग्न रहेको खुलेको थियो । हत्यामा संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल परेका थिए । उनी ३ असोज २०७९ मा रिहा भइसकेका छन् ।

हत्या आरोप लागेका अर्का प्रतिवादी राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेका थिए । भक्तपुर लोकन्थली घर भएका पाण्डे १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ । 

प्राध्यापक विष्टको हत्या आरोपमा धादिङको गंगा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा १६ वर्षपछि पक्राउ परेकी थिइन् । उनलाई ६ चैत २०८० मा आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

प्राध्यापक विष्टको हत्या आरोपमा १७ वर्षपछि पक्राउ परेका खड्का भने भारतको विभिन्न ठाउँमा रही उतै काम गर्ने गरेको पाइएको छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise