२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमती प्रदेशसभा बैठक : एक विधेयक पारित

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १६:०२
बागमती प्रदेशसभा बैठक : एक विधेयक पारित

मकवानपुर १६ साउन : बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विभिन्न समितिमा सदस्य हेरफेर गरिएको प्रस्तावसमेत् उक्त बैठकले अनुमोदन गरेको छ ।

प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् ।

त्यसैगरी सार्वजनिक लेखासमितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल र स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान समावेश भएका छन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise