२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

शेयर बजारमा नयाँ रेकर्ड, २२ अर्बको कारोबार

Nada
छबि सापकोटा
२०८१ साउन १७ गते ०६:४०
Shares
शेयर बजारमा नयाँ रेकर्ड, २२ अर्बको कारोबार

काठमाडौं : तीन वर्ष अघिको रेकर्ड शेयर बजारले बुधबार ब्रेक गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन चर्चासँगैै शेयर बजारले निरन्तर बढ्दै गएको थियो । यस्तै शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीति र संस्थागत शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा हटाएसँगै शेयर बजारले नयाँ रेकर्ड बनाएको हो । 

ncell

यस अघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको रेकर्ड ब्रेक भएको थियो । त्यसको तीन वर्षपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार भएको हो । बुधबार नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढेर दुई हजार सात सय ६० दशमलव ९१ अंक कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै शेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री भयो । कारोबारमा आएका कम्पनीमध्ये १९१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो । सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढ्यो । 

शेयर विश्लेषक केशव कोइराला भन्छन् ‘यस भन्दा अघि शेयर बजार ट्रेडर्सले चलाइरहेका थिए, टे«डर्सले किने भने बजार बढ्ने र टे«डर्सले बेच्यो बजार करेक्सनमा जान्थ्यो, अहिले ठुला लगानीकर्ताहरुको बजारमा प्रवेश गरेकाले रेकर्ड ब्रेक भएको हो’, उनी भन्छन्, ‘त्यसैपनि बजार माथि जाने लागेको समय थियो, तीन वर्षदेखि बजार तल नै थियो, यसमा मौद्रिक नीति, अहिलेको सरकार सबै कुराले गर्दा लगानीकर्तामा उत्साह आएको हो ।’ बजार अहिले नाफा हुने लगानी क्षेत्र अहिले कुनै नभएको कारणले शेयरमा आकर्षण बढेको हो । ठूला लगानीकर्ताले अहिले शेयरमै बजारमै संम्भावना देखेको कारणले ठूला लगानीकर्ताको प्रवेश बढेको शेयर बिश्लेषक कोइरालाले बताए । उच्च कारोबारमा जसरी ठूला लगानीकर्ताको प्रवेश भएको छ उनीहरुले नाफा बुक नगर्दासम्म बजारमा करेक्सन आउने देखिँदैन । लामो समयदेखि निराश बनेका शेयर लगानीकर्ता पछिल्लो नीति र बजारमा देखिएको उत्साहसँगै अब पुँजीबजारले बुलिसको दिशा ग्रहण गरेको अनुमान गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर