२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगारका लागि थपिए ४९ मेडिकल

ADV
२०८१ साउन १८ गते ०६:४०
वैदेशिक रोजगारका लागि थपिए ४९ मेडिकल

काठमाडौं : श्रम, रोेजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थप ४९ स्वास्थ्य संस्था नवीकरण गरेकोे छ । 

मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ को व्यवस्थाबमोजिम वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ती संस्थाहरू नवीकरण गरेकोे हो । उनीहरूलाई गत माघ १६ गतेदेखि आगामी २०८३ साल माघ १५ गतेसम्मका लागि नवीकरण तथा सूचीकरण गरिएकोे मन्त्रालयले जनाएको छ ।

ऐनको दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन इच्छुक स्वास्थ्य संस्थाहरूले सूचीकरण, नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पुस मसान्तसम्ममा नवीकरण हुन निवेदन दिनुपर्ने प्रावधान छ ।

यसअघिको नवीकरणमा १ सय ४५ स्वास्थ्य संस्थाहरू नवीकरण तथा सूचीकरण भएका थिए । यसपटक सूचीकरण, नवीकरण हुनेमा उपत्यका बाहिरका ७ र उपत्यकामा कार्यालय रहेका १ सय ४२  मेडिकल  सेन्टरहरू रहेका छन् । यसअघि सूचीकरण, नवीकरण हुनेमा उपत्यका काहिरका २३ र उपत्यकामा कार्यालय रहेका १ सय २२ मेडिकल सेन्टरहरू रहेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise