२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

श्रम सम्झौताका लागि ओमानको उच्चस्तरीय टोली काठमाडौंमा

ADV
२०८१ साउन १९ गते ०६:३५
श्रम सम्झौताका लागि ओमानको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं : नेपाल र खाडी मुलुक ओमानबीच श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौताका एजेण्डामा छलफल गर्न ओमानको उच्चस्तरीय एक प्रतिनिधिमण्डल बिहीबार काठमाडौं आइपुगेको छ ।

ओमानको श्रम मन्त्रालयका महानिर्देशक नासिर सलिन नासेर अल हद्रामीको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलगायतसँग शिष्टाचार भेट र  छलफल  गर्ने छ ।

ओमानी प्रतिनिधिमण्डल श्रम सम्झौताका विषय टुंगोमा पु¥याउने योजनाअनुसार आएको श्रम मन्त्रालय स्रोतले जानकारी दियो । नयाँ श्रम सम्झौताका विषयमा टुंगो लागेपछि ओमानमा हस्ताक्षर हुन सक्ने श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ । अधिकांश विषयमा सहमति भइसकेको र बीमालगायत केही बुँदाहरुमा थप छलफल गरेर सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

भ्रमण दलमा ओमानको विदेश मन्त्रालयका राजदूत सुलेमान साउदी, अलि अजिज अज जाब्री, परराष्ट्र मन्त्रालयको कानून विभागका थर्ड सेक्रेटरी लिथ सालेह मोहम्मद अल आज्मी र इसा हमिद ह्युमेड अल बुलुशी, कन्सुलर विभागका प्रमुख जासिम इद अब्दुल्लाह अल सादी, शाही कार्यालयका मोहम्मद हुएशिल अल मोहम्मदी, शाही ओमान प्रहरीका कमाण्डर मोहम्मद नासिर सुलेमान अल किन्डी रहेका छन् ।

ओमानमा ठूलो संख्यामा नेपाली कामदार भने जाने गरेका छैनन् । गत वर्ष ५ हजार ९ सय १० जनामात्र गएका थिए । वर्षौंदेखि ठूलो संख्यामा नेपाली कामदारहरू गइरहेको भए पनि धेरै अरब देशहरूसँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छैन । हालसम्म धेरै कामदार जाने खाडी मुलुकमध्ये कतार र यूएईसँग श्रम सम्झौता भएको छ भने साउदी अरब, बाहराइनलगायतका देशहरूसँग सम्झौताका लागि पहल भइरहेको दाबी गरिएको धेरै भएपनि ठोस प्रगति भएको छैन । 

साउदी अरबसँग सम्झौताको मस्यौदामा सहमति जुटिसकेको बताइएपनि नेपाली कामदारको चौबिस घण्टे बीमा र घरेलु कामदारबारे छुट्टै सम्झौता गर्नेबारे फरक–फरक मान्यता छ । साउदी अरेबियाले घरेलु कामदारको पनि सम्झौता गर्न आग्रह गरेपनि नेपाल हालसम्म त्यसमा सहमत हुन नसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

रोमानिया र जर्मनीसहित नेपालको हालसम्म १२ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise