२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शेयर बजार अस्वभाविक बढ्दा आशंका पैदा

ADV
छबि सापकोटा
२०८१ साउन १९ गते ०६:४५
शेयर बजार अस्वभाविक बढ्दा आशंका पैदा

काठमाडौं : नयाँ सरकार गठन र लचिलो मौद्रिक नीतिले शेयर बजार उचालिँदा इन्साइडर ट्रेडिङको आंशका गर्न थालिएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीति र संस्थागत शेयर धितोमा प्रवाह गर्ने कर्जाको २० करोडको सीमा हटाएसँगै शेयर बजार ह्वात्तै बढेको हो । बुधबार २१ अर्ब ९१ करोड १५ लाख भन्दा बढीको कारोबार गरेर तीन वर्षयता कै नयाँ रेकर्ड बनाएको शेयर बजार बढ्दा आशंका बढाएको हो । 

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । उनले शुक्रबार अर्थ समितिको बैठकमा बिना आधार कृत्रिम तरिकाले पुँजीबजार बढेकोप्रति आंशका व्यक्त गरेका हुन् । उनले भने  ‘जुन कम्पनीको स्ट्रेन्थ नै छैन, त्यसकै सेयर मूल्य अस्वाभाविक बढेको छ, बजारमा नक्कली किसिमले चलखेल भइरहेको छ, कम्पनीको वित्तीय अवस्था खासै केही छैन । तर शेयर मूल्य बढिरहेको छ । यसमा साधारण लगानीकर्ता फस्ने जोखिमलाई हेर्नुपर्छ’, उनले भने । 

महतले सेयर बजारको बुलिस ट्रेडर्समा हुने अस्वाभाविक चलखेललाई नियामकले ध्यान दिनुपर्नेमा जोड दिए । यसअघि पनि टाठाबाठाले बढाएर उम्किने साना लगानीकर्ता फसेको कारण अहिले आंशका गरिएको हो । यस्तै माओवादी सांसद छिरिङ डम्डुल लामाले सेयर बजारमा साना लगानीकर्ता डुब्ने र ठूला उम्किने खेल भइरहेको दाबी गरे । शेयर विश्लेषक केशव कोइरालाले यस भन्दा अघि शेयर बजार ट्रेडर्स चलेको थियो तर अहिले संस्थागत लगानीकर्ताको बजारमा प्रवेश गरेकाले रेकर्ड ब्रेक भएको बताउँछन् । 

यस्तै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित हुन नदिने बताए । उनले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडि बढाउन र आवश्यक सतर्कताको साथै सावधानी अपनाउन नियामक निकायलाई निर्देशन दिएको बताए । यो साता सेयर बजारमा ५ दिन कारोबार हुदाँ ३ दिन बढ्यो भने २ दिन घट्यो । शेयर बिश्लेषहरुको अब बजार बियरबाट बुलिसतर्फ जाने समय नै भएको भन्दै आशंका र आत्तिने अवस्था सृजना नरहेको बताइरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise