२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राजनीतिक स्थायित्व लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १२:२८
राजनीतिक स्थायित्व लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

काठमाडौँ :  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. १ का दुवै प्रदेश कार्य समितिद्वारा आज यहाँ आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेको बताए । उनले भने, “मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो ।”

वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गरे । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए । दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उनको भनाइ थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise