२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

आगामी निर्वाचनमा थ्रेस होल्डलाई बढाएर पाँच प्रतिशत बनाउनुपर्छ : इन्द्र बानियाँ

Nada
२०८१ साउन १९ गते १९:२२
Shares
आगामी निर्वाचनमा थ्रेस होल्डलाई बढाएर पाँच प्रतिशत बनाउनुपर्छ : इन्द्र बानियाँ

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधान संशोधनका लागि प्रमुख ठूला दुई दल मिलेर सरकार बनाएको बताएका छन् ।

ncell

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागको सदस्य मनोनीत कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले प्रत्यक्ष निर्वचनमा नै समानुपातिक समावेशिताको सुनिश्चिततका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले राजनीतिक दल धेरै भएकाले संविधान संशोधन गरेर आगामी निर्वाचनमा थ्रेस होल्डलाई बढाएर पाँच प्रतिशत बनाउनुपर्ने बताए । 

प्रदेश सभा सदस्यसमेत रहेका सभापति बानियाँले सबै आन्तरिक विवाद छाडेर पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेसले कसैलाई काखा र पाखा नगर्ने भएकाले इमान्दार भएर पार्टी निर्माणमा लाग्न विभागका मनोनीत सदस्यलाई आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर