२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘युनियनभित्रको गुट उपगुट हटाऔं’

ADV
मध्यान्ह
२०८१ साउन १९ गते २१:३३
‘युनियनभित्रको गुट उपगुट हटाऔं’

रजनी योगी/मध्यान्ह

बाँके : प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालले पछिल्लो समय एउटै संगठनभित्र गुट उपगुट छुट्याउने गलत परम्पराले युनियनले धोका व्यहोर्नु परेको स्मरण गराएका छन् । 

महासंघको चुनावलाई लक्षित गर्दै शनिबार प्रेस युनियन बाँकेले आयोजना गरेको विशेष भेलामा बोल्दै उनले युनियनलाई बलियो बनाउन आफुमा पनि चासो र चिन्ता रहेको उल्लेख गरे । युनियनलाई अगाडि बढाउन सबैको जिम्मेवारी रहेको उनले बताए । 

अन्य संगठनमा आबद्ध हुनुभन्दा पहिला प्रेस युनियनमा बलियो भएर जान उनले आग्रह गरे । यस्तै, भेलाका प्रमुख अतिथि प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरिले मिशन महासंघमा लाग्न आग्रह गरे । रणनीतिक रुपमा युनियन सफल भएको भन्दै पत्रकार महासंघको सदस्यता शुद्धीकरण समस्या समाधान गरिरहेको उनले जानकारी दिए ।

आगामी पत्रकार महासंघको चुनावमा सकारात्मक नतिजा ल्याउन युनियनका प्रत्येक सदस्य जिम्मेवार भइ समान रुपमा कमद चाल्नुपर्ने उनको धारणा थियो । प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईंले युनियनको टिम बलियो हुन जरुरी रहेको बताए । पदिय सम्मान दिन नसक्नेले पदाधिकारीमा नजान भन्दै पदको लागि हानथाप नगर्न आग्रह गरे । 

प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन वलिले गठबन्धनको भर नपर्न सुझाव दिए । उम्मेदवार छान्न अनुहार हेर्नुभन्दा मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । 

प्रजातान्त्रिक पत्रकारहरुको संगठन प्रेस युनियन एउटा व्यक्ति हैन संस्थागत रुपमा चल्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताए । भेलामा उपस्थित युनियनका नेता तथा पदाधिकारीले संगठको इज्जत र मर्यादा बढाउन सक्नेलाई पदमा पु¥याउनु हाम्रो कर्तव्य र अधिकार हुने बताए ।

भेलामा नेपाल प्रेस युनियन बाँकेका पदाधिकारीहरु, प्रदेश तथा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise