२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेको निर्णय- राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

himalayanlife
२०८२ चैत १३ गते १४:२४
Shares
पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेको निर्णय- राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

काठमाडौं : नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै मुलुकको अर्थतन्त्र सुधारका लागि तत्कालीन रूपमा तीन प्रमुख निर्णय अघि सारेका छन् । शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका वाग्लेले आर्थिक अवस्था मूल्यांकनदेखि कानुनी सुधार र निजी क्षेत्र प्रवर्द्धनसम्मका विषयलाई प्राथमिकतामा राखेका हुन् ।

उनले पहिलो निर्णयस्वरूप २०८२ चैत १२ सम्मको समग्र आर्थिक अवस्थालाई समेट्ने ‘आर्थिक स्थितिपत्र’ (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने र त्यसैका आधारमा निर्वाचन प्रतिबद्धता कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाउने घोषणा गरे ।

दोस्रो निर्णयअन्तर्गत उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ को सिफारिसअनुसार राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने भएको छ । ती कानुनहरू निजी क्षेत्रमैत्री वातावरण निर्माणमा बाधक रहेको निष्कर्षका आधारमा खारेजी तथा संशोधनका लागि अध्ययन कार्यदल गठन गरिने मन्त्री वाग्लेले जानकारी दिए ।

त्यसैगरी, तेस्रो निर्णयमा निजी उद्यम–व्यवसायको सुरक्षा र प्रवर्धन, ठुला विकास आयोजनाको सहजीकरण तथा आवश्यक कानुनी संशोधनका लागि प्राथमिकता निर्धारण गर्दै बृहत् आर्थिक तथा कानुनी सुधारको मार्गचित्र तयार पारिने जनाइएको छ ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी पाएका वाग्लेले आफूहरूको ध्यान अब रूपान्तरणकारी बजेट निर्माणमा केन्द्रित हुने स्पष्ट पारे ।

ताजा खबर

सम्बन्धित खबर