२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

ADV
मध्यान्ह
२०८१ साउन २० गते १०:४७
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन् ।

शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो । दुई दल एमाले र कांग्रेसबिच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको छ ।

सोही सहमतिअनुसार कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

त्यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताएको छ ।

कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने कांग्रेसभित्र सहमति भएको बताइएको छ । यसअघि प्रकाश देउवा र बहादुर सिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise