२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

मेलिना राईले पोर्चुगलमा सांगीतिक प्रस्तुति दिने

himalayanlife
भरत प्रधान
२०८२ चैत १५ गते १९:५३
Shares
मेलिना राईले पोर्चुगलमा सांगीतिक प्रस्तुति दिने

लिस्बन : चर्चित गायिका मेलिना राईले युरोपेली मुलुक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर यही अप्रिल ६ तारिख सोमबारका दिन राजधानी लिस्बनमा गायिका राईले सांगीतिक प्रस्तुति दिने भएकी हुन् ।

लिस्बनस्थित ‘बराइरो ल्याटिनो, सान्तोष’ मा हुने कन्सर्टमा राईले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ । गुरुङ केएनएस इन्टरटेन्मेन्ट, केन्द्र मोसन पिक्चर्स र नेप्स इन्टरटेन्मेन्टको संयुक्त संयोजनमा कन्सर्टको आयोजना गरिएको हो ।

प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्य अनुरुप नेपाली नयाँ वर्षको अवसर पारेर बृहत् सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन चाहने संगीतप्रेमीहरूका लागि टिकट दर १५ युरो, ३० युरो र विशेष सुविधासहित २५० युरो निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी भई सांगीतिक कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाले पोर्चुगलवासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरेको छ ।

गायिका राईले पोर्चुगलसहित ग्रिस, स्वीडेन, बेल्जियम, माल्टा, फ्रान्स, स्पेन, डेनमार्क, क्रोएसियालगायतका मुलुकहरूमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर