काठमाडौं : गायक अर्जुन पन्त र गायिका सम्झना मगर नयाँ गीत लिएर स्रोता माझ आएका छन् । गायक पन्त र गायिका मगरको स्वरमा ‘बुहारी’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ । मौलिक लोक लयमा आधारित रत्यौली गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।
पन्तले नै निर्देशन गरेको म्यूजिक भिडियोमा सन्जु पौडेल, अर्जुन पन्त, विकाश राज पौडेल, निर्मल पौडेल र अपर्ण परियार ‘जिरे’ले अभिनय गरेका छन् ।
सुर्य केसीले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies