२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ओली पक्राउबारे अन्य दलसँग समन्वय गर्ने एमालेको तयारी

Nada
२०८२ चैत १७ गते १६:२५
Shares
ओली पक्राउबारे अन्य दलसँग समन्वय गर्ने एमालेको तयारी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ ।

ncell

पार्टी सचिवालयको मंगलबार बसेको बैठकले बुधबार दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाउने निर्णय गरेको जानकारी सचिव महेश बस्नेतले दिएका छन् ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमै आयोजना हुनेछ । सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि छलफल र सहकार्य अघि बढाउने निर्णय गरेको छ ।

यस कार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल लाई जिम्मेवारी तोकिएको बस्नेतले जानकारी दिएका छन् । यसअघि एमालेले ओलीको रिहाइको मागसहित देशव्यापी विरोध कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर