२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

Nada
२०८२ चैत १७ गते १९:०५
Shares
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।  उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको सीडीओ थिए । 

ncell

मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए ।

उनलाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर