एजेन्सी : अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ ।
लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग२५० किलोमिटर टाढा छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies