२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालेमा सुहाङको अडानले बादल सर्वसम्मत हुन सकेनन्, चुनावबाट नेता छान्ने तयारी

Nada
२०८२ चैत १८ गते १५:४५
Shares
एमालेमा सुहाङको अडानले बादल सर्वसम्मत हुन सकेनन्, चुनावबाट नेता छान्ने तयारी

काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबेदारी परेको छ । बुधबार बसेको संसदीय दलको बैठकमा बादललाई नेतामा प्रस्ताव गरिएकोमा राजेन्द्र राई र सुहाङ नेम्वाङले पनि आकांक्षा देखाए ।

ncell

छलफलका क्रममा राईले दाबी छाडे पनि नेम्वाङले चुनावी प्रक्रियाबाट नेता छान्न माग गरे । आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता अन्ततः चुनावबाट छान्ने स्थिति आएको छ । 

पार्टीका उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेलको समेत उपस्थिति रहेको संसदीय दलको बैठकमा सर्वसम्मत संसदीय दलको नेता चयनको कोशिस भएको थियो ।

उपाध्यक्ष बादललाई संसदीय दलको नेता प्रस्ताव गरिएकोमा इलामबाट निर्वाचित युवा सांसद सुहाङले सडक र संसद्को बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै आफूलाई जिम्मेवारी दिन आग्रह गरे । फलस्वरुप नेता चयन प्रक्रिया लम्बिएको हो । अब चुनावबाट संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बैठकमा सहभागी सांसद् ऐन महरले बताए । 

ताजा खबर

सम्बन्धित खबर