काठमाडौं : रोजगारीको लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
उनले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोसन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ ।
पक्राउ परेका पछाईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies