२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालेको नयाँ रणनीति : सदनमा ‘वाचडग’को भूमिका, भोलिको बैठक चल्न दिने

Nada
२०८२ चैत १८ गते १७:५९
Shares
एमालेको नयाँ रणनीति : सदनमा ‘वाचडग’को भूमिका, भोलिको बैठक चल्न दिने

काठमाडौं : नेकपा एमालेले संसद्‍मा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार) को रूपमा प्रस्तुत गर्ने संकल्प गरेको छ । 

ncell

संसदीय दलको बैठकपछि बोल्दै नेता रामबहादुर थापाले पार्टीले प्रतिपक्षको भूमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका हुन् ।

एमालेले सदनलाई मात्र नभई सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ । बिहीबारको संसद् मुख्यतः परिचय र बधाई साटासाट गर्नै भएकाले संसद् चल्न दिने बताए । आफ्ना आवाजहरू भने दृढतापूर्वक राख्ने उनको भनाइ छ । 

भोलि बस्ने सदनको बैठकबारे जानकारी दिँदै थापाले भने, ‘भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौं । सदन चल्न दिन्छौं, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौं ।’

सरकारलाई जवाफदेही बनाउन र आफ्ना घोषणापत्रका प्रतिबद्धताहरू पूरा गराउन एमालेले सदनमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर